Technology मुख्य समाचार देश

अन्तराष्ट्रियको सहकार्यमा साइबर सुरक्षा बारे छलफल

अन्तराष्ट्रियको सहकार्यमा साइबर सुरक्षा बारे छलफल

काठमाडौं । साइबर सुरक्षाको लागि नेपालमा पहिलोपटक शनिबार राजधानीमा आयोजित दुई दिवसीय ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ सम्पन्न भयो । 

 

सम्मेलनमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको थियो । 

 

त्यसैगरी साइबर सुरक्षाका लागि राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमा सरोकारवालाहरुबीच सहकार्य हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ । 

 

सम्मेलनका प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा. जीवराज पोखरेलले साइबर सुरक्षाका चुनौती घटाउन नेपालमा पनि सामूहिक प्रयास आवश्यक रहेको भन्दै त्यसनिम्ति चेतना अभिवृद्धि अपरिहार्य भएको बताए । 

 

सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अमेरिका र बेलायत सूचना प्रविधि क्षेत्रका जानकारले भाग लिएका थिए । 

 

यसैगरी सम्मेलनमा सरकारी, व्यावसायिक, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, शैक्षिक संस्थालगायका क्षेत्रबाट २०० जनाको सहभागिता थियो ।
 

साइबर सुरक्षा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’

विशेष