मुख्य समाचार समाज देश

प्रदेश सरकारले हजयात्रीको लागि प्रशिक्षणको व्यवस्था गर्ने : मुख्यमन्त्री राउत

प्रदेश सरकारले हजयात्रीको लागि प्रशिक्षणको व्यवस्था गर्ने : मुख्यमन्त्री राउत

धनुषा । यस वर्ष धनुषाबाट हज यात्राको लागि १२ महिला र २० पुरुष हजका लागि जाने भएका छन् । पाकिजा—व—नुरी कमिटी जनकपुरको आयोजनामा धनुषाबाट हजका लागि जान लागेका हज यात्रुहरुलाई मुख्यमन्त्री लालबाबु राउतले विदाई तथा सम्मान गरेका छन् । 


विदाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले हाजीहरुलाई विदाई गर्दै प्रदेश तथा मुलुकको समृद्धिका लागि कामना गर्न आग्रह समेत गरे ।

 

उनले विगतका दिनहरुमा हजकमिटीका कारण हज यात्रीहरुलाई ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै हजकमिटीलाई राजनीतिक मुक्त बनाउनु पर्ने समेत बताए । 


हज गर्न जाने यात्रीहरुलाई प्रक्रियाबारे जानकारी नहुँदा साउदीमा समस्या भोग्नु परेको बताए । उनले अगामी दिनमा प्रदेश सरकारको तर्फबाट हजयात्रीको लागि प्रशिक्षणको व्यवस्था गर्ने आफनो सोच रहेको उल्लेख गर्नु भयो ।

 

प्रदेश सरकार सबैधर्म जात र वर्गको समृद्धि हुने गरि काम गरि रहेको उल्लेख गर्दै उनले मदरसा शिक्षालाई व्यवस्थित गर्दै मुलुकको मूलधारमा ल्याउने बताए । मदरसा शिक्षा बोर्ड सम्बन्धि कानून केही दिन भित्रै ल्याउन लागेको बताए ।


 

मुख्यमन्त्री लालबाबु राउत साउदी हज यात्रा

विशेष