अन्तरवार्ता राजनीति भिडियो

कांग्रेसका युवा नेता श्रेष्ठ भन्छन्, ‘प्रदेश ३ का मन्त्रीहरू लोखर्के गनेर बस्छन्’ (भिडियोसहित)

कांग्रेसका युवा नेता श्रेष्ठ भन्छन्, ‘प्रदेश ३ का मन्त्रीहरू लोखर्के गनेर बस्छन्’  (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश नं. ३ का सांसद दीपेन्द्र श्रेष्ठले ३ नं. प्रदेश सरकारका मन्त्रीहरू लोखर्के गनेर दिन बताउने गरेको बताएका छन् । 


नेपाल आजसँग समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै सांसद श्रेष्ठले एकात्मक प्रणाली खारेज भएर मुलुक संघात्मक राज्य व्यवस्था गए पनि केन्द्र सरकारले प्रदेश सरकारको काम क्षेत्र र अधिकार स्पष्ट नभएको अवस्थामा ३ नं. प्रदेश सरकारका मन्त्रीहरूले नै भन्ने गरेका छन् कि काम नभएर लोखर्के गनेर बस्ने गरेको आफूले पाएको बताए । 


उनले भने, ‘संघीयताको सिद्धान्तअनुरूप जनताले प्रत्यक्ष अनुभुत गर्ने खासै वातावरण सिर्जना भएको छैन । संघीय सरकारले अहिले जुन रूपमा बजेटको आकार वितरण गरेको छ, त्यसलाई हेर्ने हो भने संघीयताको सिद्धान्तलाई अंगीकार गरेको देखिँदैन् ।’

 

सांसद श्रेष्ठले संघीयता बलियो हुने र त्यसको मर्मअनुसार सर्वसाधारणलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम पनि नदेखिएको  बताए । 


उनले प्रतिपक्षी दलको हैसियतले प्रदेशसभामा जनतामुखी कार्यक्रमका लागि समृद्ध प्रदेश बनाउन आवाज मुखरित गरिरहेका उल्लेख गरे ।

 

उनले प्रदेश सरकारले उल्लेखनीय काम केही गर्न नसकेको उदाहरणस्वरूप भूकम्पले ग्रसित ३ नं. प्रदेश पाटीपौवा, मठमन्दिरलगायत निजी घरहरू पनि पुनःनिर्माण हुन नसेकेको मन्त्रीमुखी बजेट बाँडफाँट हुनाले संघीयताप्रति आम जनतामा निराशा छाएको आफ्नो अनुभव सुनाए ।

 

कुराकानीका क्रममा उनले भने, ‘मन्त्री केशव स्थापितले सोचेअनुरूपको कार्ययोजना कहीँ कतै नभएको यो सिर्फ उनको दिवास्वप्न भएकाले मलाई त हाँस्न मन लाग्छ ।’

 

सांसद श्रेष्ठले काठमाडौंमा धुलो, धुवाँ, फोहोर, रानीपोखरी, धराहरालगायत पुनः निर्माण गर्ने तमाम काम हुँदाहुँदै जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने कुनै योजना नदेखेको बताए । 

उनले एक प्रसंगमा काठमाडौं महानगरपालिका सुतेर बसेको बताउँदै मेयर विद्यासुन्दर शाक्यमा इच्छाशक्ति र दृढता नभएको दाबी गरे ।


सांसद श्रेष्ठले काठमाडौंको स्थानीय मुद्दा उठाउँदै भने, ‘वर्षको १३ अर्ब बजेट चलाउन सक्ने मेयर शाक्य साधनस्रोत सम्पन्न भएर पनि निष्क्रिय देखिनु बुझ्न नसको विषय भएको टिप्पणी गरे । 

सांसद श्रेष्ठले डा. गोविन्द केसीको आमरण अनशनले गरिब जनताले जितेको आफ्नो विचार पनि व्यक्त गरे ।

सांसद दीपेन्द्र श्रेष्ठ अन्तरवार्ता नेपाली काँग्रेस

विशेष