मुख्य समाचार देश राजनीति

संसदमा किशोरी बलात्कारकाे चर्चा: सदनमा जानकारी दिन सरकारलाई निर्देश

संसदमा किशोरी बलात्कारकाे चर्चा:  सदनमा जानकारी दिन सरकारलाई निर्देश

काठमाडौं ।  सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । 

 

प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 


सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने जानकारी दिए । 

 

सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन नसक्ने स्पष्ट गरे ।

किशोरी बलात्कार प्रतिनिधिसभा

विशेष