बैंकिङ कर्पोरेट मुख्य समाचार समाज देश

एनआइसी एसिया र  युनाइटेड इन्स्योरेन्सबीच सम्झौता 

एनआइसी एसिया र  युनाइटेड इन्स्योरेन्सबीच सम्झौता 

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । 


एनआइसी एसिया बैंकद्वारा जारी विज्ञप्तिअनुसार बैंकका ग्राहकहरूले मुलुकभरीका बैंकको २ सय ३३ वटै शाखाबाट सहजरूपमा युनाइटेड इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसीहरू खरिद गर्न सकिने छ ।


उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 


‘बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ३३ शाखा कार्यालय, २ सय २१ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको’ विज्ञप्तिमा जनाइएको छ । 


यस्तै विज्ञप्तिमा बैंकको वासलातको आकार १ सय ७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ५० अर्ब पुगेर निजीक्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १ सय १९ अर्बसहित निजी क्षेत्रका बैंकहरूमध्ये दोस्रो ठूलो बैंकका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गरिएको छ । 


विज्ञप्तिमा एनआइसी एसिया बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको र संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।

    
 

एनआइसी एसिया बैंक लिमिटेड युनाइटेड इन्स्योरेन्स कम्पनी बैंकास्योरेन्स सम्झौता

विशेष