भिडियो अन्तरवार्ता

धर्मलाई अफिम भन्नेहरु शासनमा छन्, धर्म गुरुहरूलाई कस्तो लाग्छ ? (भिडियाेसहित)

धर्मलाई अफिम भन्नेहरु शासनमा छन्, धर्म गुरुहरूलाई कस्तो लाग्छ ? (भिडियाेसहित)

काठमाडौं । जीवन के हो ? दुःख पीडा कष्टको मुक्ति के बाट हुन्छ ? हाम्रो धर्म दर्शनले यस्ता विषयमा के भन्छ ? यी प्रश्नहरुको जवाफ यसपटक हामीले अनन्तश्री जगतगुरु बीरेन्द्र परमहंश ज्योतिषाचार्यबाट खोजेका छौं । उहाँ काशी विद्वत परिषदबाट जगतगुरुको उपाधि पाउने एकमात्र नेपाली पनि हुनुहुन्छ । 


दुःखको निवृत्त अमृतको प्राप्त गरेर हुन्छ । अमृत पाउने भनेको सत्यको खोजी हो । अन्धकारमा दुःख हुन्छ । उज्यालोले भ्रम हटाउँछ । दया प्रेम र करुणा धर्मको माध्यमबाट मानिसले प्राप्त गर्न सक्छ । 

 

आहार, निद्रा, काम पशु र मानिस सबैलाई चाहिन्छ । मानिस चेतनाका कारणले मात्रै पशुबाट भिन्न छ । चेतना भएको मानिस गलत बाटोमा जाँदा धेरैलाई दुःख हुन्छ । त्यस्ता व्यक्तिलाई धर्म दर्शनबाट ठीक ठाउँमा राख्न सकिने ज्योतिषाचार्यको भनाइ छ । 


राजनीति त धर्मको आडमात्रै जीवीत हुन सक्छ । एक राष्ट्रअध्यक्ष धर्ममा विश्वास राख्छ भने त्यो देश समृद्ध हुन्छ । जगको कल्याणका लागि राजा वा राष्ट्रध्यक्ष असल हुनुपर्छ । यसका लागि धर्मबोध हुनुपर्छ । 

 

चतराधाममा मोहनशरण देवाचार्य  जगतगुरु हुनुहुन्छ । अनन्तश्री जगतगुरु बीरेन्द्र परमहंश ज्योतिषाचार्य पनि  जगत गुरु नै हो । खासमा उहाँहरुबीच के फरक ? अनन्तश्री जगतगुरु बीरेन्द्र परमहंश ज्योतिषाचार्यलाई काशी विद्वत परिषदले जगतगुरुको उपाधि दिएको हो भने मोहनशरणलाई वैष्णव सम्प्रदायले जगतगुरुको उपाधि दिएको हो ।  

 

विश्व हिन्दु अन्तर्राष्ट्रिय धर्मसभा, महन्थहरुको सभा, नेपाल सरकार स्वयंले प्रदान गरेको जगतगुरु अनन्तश्री जगतगुरु बीरेन्द्र परमहंश ज्योतिषाचार्य हुन् । 

 

आदि शंकराचार्य, कृपालुजीमहाराजपछि काशी विद्वत परिषदले जगतगुरुको उपाधि अनन्तश्री जगतगुरु बीरेन्द्र परमहंश ज्योतिषाचार्यलाई दिएको हो । 

 

ज्योतिषाचार्यले नेपालमा क्रिष्चियनहरुको प्रभाव बढेको भने चिन्ता गर्न आवश्यक नरहेको बताउनु भएको छ । संसारभरका चिकित्सकहरु समेत बिहान बिहानै योगा गर्दै ओम् ओम् गरिरहेका छन् । योग, वास्तु, ज्योतिष, आयुर्वेद सबै हिन्दु धर्मका उपहार हुन् । ती उपहार संसारले ग्रहण गरिरहेको छ । केही क्रिष्चियन धर्मविरोधीहरुले संसारमा धर्म प्रचारको नाममा अरुको धर्म नष्ट गरिरहेका छन् । तर उनीहरु आफ्नो उद्देश्यमा सफल नहुने ज्योतिषाचार्यको दाबी छ ।

अनन्तश्री जगतगुरु बीरेन्द्र परमहंश ज्योतिषाचार्य जगतगुरु

विशेष