कम्बोडियाका प्रधानमन्त्रीले भने, ‘लुम्बिनी पुग्ने चाहना छ’
काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले लुम्बिनी भ्रमण गर्न आफू अत्यन्त इच्छुक रहेको बताएका छन् । उनले नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एकनाथ ढकालसँगको भेटका क्रममा यस्तो धारणा राखेका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालसहितको टोलीले कम्बोडिया निर्वाचनको पर्यवेक्षणमा कम्बोडिया गएको बेला भएको भेटका क्रममा प्रधानमन्त्री हुन सेनले नेपालले शान्ति बहालीमा प्राप्त गरेको सफलताको प्रशंसा पनि गरे ।
एसियाली देशका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय मण्डल सदस्य तथा शान्तिका लागि सांसदहरुको अन्तर्राष्ट्रिय एसोसियसनका सदस्यको हैसियतले नेपालबाट पूर्वप्रधानमन्त्री नेपाल, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले निर्वाचनको पर्यवेक्षण गरेका थिए ।
नेपाली प्रतिनिधि मण्डलले कम्बोडियाको राजनीतिक विकासका लागि प्रोत्साहन गरेका थियो ।