मुख्य समाचार राजनीति

गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजान्छाैँः वरिष्ठ नेता पौडेल

गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजान्छाैँः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।


छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै गत जेठ १५ गतेदेखि आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । मंगलबार बिहान स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेता पौडेललाई उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी गराएका हुन् ।

 

अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारबाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको नेता पौडेलको भनाइ थियाे ।

 

‘रातो झण्डा ओढेपछि सबै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ । छोराको हत्यालाई कारबाहीका लागि अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो । गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ’ उनले भने ।


नेता पौडेलले विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई  अपमान गर्ने परम्परा स्थापित हुन थालेको भन्दै सरकार निरंकुशतावादी मनोवृतितिर अगाडि बढेको बताए ।

रामचन्द्र पौडेल गंगामाया अधिकारी आमरण अनशनरत

विशेष