समाज देश

७ वटा उडान भरेर कैलाश मानसरोवरमा अलपत्र १०४ भारतीय तिर्थयात्रीको उद्धार

७ वटा उडान भरेर कैलाश मानसरोवरमा अलपत्र  १०४ भारतीय तिर्थयात्रीको उद्धार

काठमाडौं । खराब मौसमका कारण अलपत्र परेका १०४ जना भारतीय पर्यटकको मंगलबार उद्धार गरिएको छ ।

 

तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न गएका उनीहरु खराब मौसमका कारण अलपत्र परेका थिए ।

 

भारतीय दूतावासका अनुसार ५२५ यात्री सिमकोट, ५५० यात्री हिल्सा र ५०० यात्री  तिब्बत क्षेत्रतर्फ अलपत्र परेको जनाएको छ ।

 

दूतावसका अनुसार १५० जना तिर्थयात्री हिल्साबाट सिमिकोट आइपुगेका छन् ।

 

मंगलबार नेपालगञ्जबाट सिमिकोटमा ७ वटा उडान भरिएको र जसबाट १०४ तिर्थयात्रीहरुको उद्धार गरिएको छ ।

 

यता, पर्यटनमन्त्री रवीन्द्र अधिकारीले १० वटा उडानबाट १६० जना तीर्थयात्री तथा हेलिकोप्टरबाट थप २५० जनाको उद्धार भएको जानकारी दिएका छन् ।

 

हुम्ला र तिब्बततर्फ परेको अविरल वर्षाका कारण भारतीय पर्यटक अलपत्र परेको जनाइएको छ । केहीको कैलाश मानसरोवरबाट फर्किने क्रममा हुम्लाको सिमकोट र केहीको तिब्बततर्फनै मृत्यु भएको जनाइएको छ ।

 

Rabindra Adhikari@RabindraADH

After 3days of flight cancellation due weather at Simikot Airport, stranded pilgrims were airlifted to Nepalganj today. 10 flights transported 160 pax. Heli transported 250 pilgrims from Hilsa to Simikot &700 pax r still at Simikot&tomorrow will continue to airlift. @SushmaSwaraj

9:18 PM - Jul 3, 2018

Twitter Ads info and privacy

मृत्यु हुनेमध्ये लिला नारायणनन मन्द्रेदथ र सत्यलक्ष्मी नारायणनन सुब्बा राओ ग्रान्धी भिरा भेङ्कटालाई हेलिकप्टरको माध्यमबाट क्रमशः काठमाडौँ र नेपालगञ्ज लगिएको छ ।

 

लिलाको मृत्यु सिमिकोटमा र सत्यलक्ष्मीको हृदयघातका कारण तिब्बतमा मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।

उनीहरुको उद्धार गर्ने क्रम जारी रहेको जनाइएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गर्ने प्रयास जारी राखेको प्रहरीको दाबी छ ।

 

यसैक्रममा नेपालको सिमकोट र तिब्बत क्षेत्रमा अलपत्र परेका आफ्ना नागरिकको उद्दारप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री शुष्मा स्वराजले गम्भीर चासो व्यक्त गरेका छन् । 

 

भारतीय प्रधानमन्त्री मोदीले अलपत्र परेका १५ सयभन्दा बढी भारतीय पर्यटकहरुको उद्धारमा कमी हुन नदिन विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय राजदूतावासमा सम्पर्क गरिरहेको बुझिएको छ । उनले जसरी पनि श्रद्धालुहरुको उद्दार गर्न निर्देशन दिएका छन् । 

 

प्रधानमन्त्री मोदीले जसरी पनि श्रद्धालुहरुको उद्दार गर्न काठमाडौस्थित दूतावास र भारतीय विदेशमन्त्रालयलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै विदेशमन्त्री स्वराजले फसेका नागरिकहरुको उद्धारमा कमी नहुने दाबी गरेकी छन् ।

 

विदेशमन्त्री स्वराजले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियतामा उद्धार कार्य भैरहेको समेत जनाएकी छन् । उनले नेपालगञ्ज र सिमकोटमा भारतीय दूतावासका प्रतिनिधिहरु तैनाथ गरिएको समेत ट्वीटरमार्फत जानकारी दिएकी हुन् ।

फसेका यात्रुहरुलाई लगातार खानादेखि अन्य राहतका सामग्री वितरण भैरहेको जानकारी दिएकी छन् । स्वराजले नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार कार्य भैरहेको समेत जानकारी दिएकी छन् । 

 

अलपत्र यात्रीहरुका लागि सहज होस् भन्ने उद्देश्यले भारतीय विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले फरक फरक भाषामा हटलाइन नम्बर समेत सार्वजनिक गरेको छ । 

 

भारतीय विदेशमन्त्री स्वराजले ट्वीटमार्फत हटलाइन नम्बर समेत सार्वजनिक गरेकी छन् । 

कैलाश मानसरोवर तिर्थयात्री

विशेष