डा. केसीलार्इ कांग्रेसले साथ दिने, तीन नेता जुम्ला पठाउने तयारी

काठमाडाैं । डा गोविन्द केसीको आन्दोलनलार्इ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहयोग गर्ने भएको छ। चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डाक्टर केसीलाई कांग्रेसले साथ दिने भएको हो।
कांग्रेस बैठकले सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत् सरकारको कामको प्रतिवाद गर्ने पनि निर्णय गरेको कांग्रेसका एक नेताले बताए।
त्यसैगरी वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पनि ३ सदस्यीय सांसदको टोली पठाउने कांग्रेस संसदीय दलको निर्णय गरेको छ।
बैठकमा रामचन्द्र पौडेल, गोपालमान सिंह, कृष्ण सिटौला, नारायण खड्का, मीनेन्द्र रिजाल सहित पदाधिकारीसमेत संलग्न बैठक साँढे तीन घण्टाभन्दा बढी समय बसेको थियो।
डा गोविन्द केसी नेपाली काँग्रेस