मुख्य समाचार राजनीति

नेपाली कांग्रेसले सरकारको निषेधित क्षेत्र तोड्ने

नेपाली कांग्रेसले सरकारको निषेधित क्षेत्र तोड्ने

काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारबाट राजधानीका विभिन्न स्थानमा जारी गरिएको निषेधित क्षेत्र तोड्ने निर्णय गरेको छ । 

 

सरकारले विरोध प्रदर्शन, भेला तथा अन्य कामका लागि माइतीघरसहितका स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 

 

प्राध्यापक डा. गोविन्द केसीले पनि माइती घर मण्डलासहितका स्थानमा जनताको भेला हुन पाउने अधिकार खोसिएको भन्दै जुम्लामा अनशन सुरु गरेका छन् । 

 

नेपाली कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँणका अनुसार सरकारले विरोध गर्न पाउने जनताको अधिकार खोस्न खोजेकाले निषेधित क्षेत्र तोड्ने निर्णय भएको जानकारी दिए । 

 

त्यसैगरी कांग्रेसले केही समय यताको चर्को मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारसँग माग गरेको छ। बजेट आएसँगै उपभोग्य सामाग्रीमा चर्को मूल्यवूद्धि हिँदा उपभोक्ता मारमा परेको कांग्रेसको ठहर छ । 

निषेधित क्षेत्र पाली कांग्रेस

विशेष