व्यापार अर्थ बैंकिङ मुख्य समाचार देश प्रदेश ३

बैंकले मौद्रिक नीतिमार्फत ऋण सीमा बढाउने

बैंकले मौद्रिक नीतिमार्फत ऋण सीमा बढाउने

काठमाडौं । घट्दो शेयर बजारलाई राहत मिल्ने गरी नेपाल राष्ट्र बैंकले ऋण लगानी सीमामा केही खुकुलो नीति लिने भएको छ। शेयर बजार निक्कै नै ‘प्यानिक’ भइसकेको निष्कर्षसहित राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत ऋण सीमा बढाउने तयारी गरेको हो।


 

अहिले शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको धितो बापत शेयर मूल्यांकन गर्दा पछिल्लो १८० दिनको औषत मूल्यको ५० प्रतिशतसम्म ऋण दिन पाइने ब्यवस्था छ। शेयर बजार घटिरहेका कारण बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई मूल्य घट्ने वित्तिकै ुमार्जिन कलु गर्न थालेका छन्। यसले लगानीकर्ता थप दबाबमा परेको राष्ट्र बैंकको निष्कर्ष छ।
 


त्यसैले यसलाई केही हदसम्म सहजीकरण गर्नका लागि राष्ट्र बैंकले ५० प्रतिशतको सीमालाई ६० देखि ६५ प्रतिशतसम्म पुग्याउने तयारी गरेको छ।  
शेयर बजार निरन्तर घट्न थालेपछि प्रधानमन्त्री केपी ओलीसम्म पनि गुनासो पुगिरहेको छ। उनले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई बोलाएर शेयर बजार किन घटेको भन्ने बारे चासो राखेको स्रोतको दावी छ। 


 
विगतमा राष्ट्र बैंकको गभर्नर हुँदा डाक्टर खतिवडाले पनि शेयर ऋणलाई आवश्यकता अनुसार घटाउने वढाउने गरेका थिए। त्यसैले शेयर धितो कर्जाको सीमाका बारेमा राष्ट्र बैंकलाई अर्थमन्त्री खतिवडाको दवाव नरहेको स्रोतहरुको दावी छ।


 
राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपाललाई पनि शेयर बजारको समस्या संवोधनका लागि दबाब पर्दै आएको छ। निजी क्षेत्रमैत्री भनेर चिनिएका नेपाल शेयर बजारको नियामक धितोपत्र वोर्डका समेत अध्यक्ष भइसकेका छन्। 

बैंक धितो

विशेष