मुख्य समाचार समाज देश

प्रहरीको घेरा तोड्दै डा.केसीलाई अस्पताल

प्रहरीको घेरा तोड्दै डा.केसीलाई अस्पताल

काठमाडौं ।  अनशनतरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल पुऱ्याएका छन् ।

 

बुधबार बिहानैदेखि कवर्ड हलमा एक्लै छटपटाइरहेका डा.केसीलाई चिकित्सकहरुले साँझ साढे ५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको इमेर्जेन्सीमा राखेका छन् । अहिले डा.केसीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 

स्वास्थ्य शिक्षा सुधारको माग राख्दै गत शनिबारदेखि आमरण अनशनमा बसेका डा.केसीलाई प्रहरीले कवर्ड हलमा राखेको थियो । डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि प्रहरीको निषेधित क्षेत्रको घेरा तोड्दै अस्पताल पुर्‍याएको डा. प्रवीण गिरीले बताए ।

 

‘प्रशासनसँग पटक-पटक डा.केसीको जीवन रक्षाको माग गरे पनि कुनै सुनुवाइ नभएकाले जबर्जस्ती अस्पताल ल्याएका हौं’ प्रतिष्ठानमा मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले भने, ‘प्रहरीको घेराभित्र रहेका केसीलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याउन समेत कठिन भयो ।’ डा.केसीलाई कवर्ड हलबाट बाहिर ल्याउन खोज्दा प्रहरीले बल प्रयोग गरेको उनको आरोप थियो ।कान्तिपुरबाट

डा. गोविन्द केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

विशेष