नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका तल्लो कमिटी र जनवर्गीय संगठनको एकताका विषयमा चर्चा हुने जनाइएको छ ।
बैठकमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताको सहभागिता रहेको छ । आज स्थायी कमिटी बैठक हुनुअघि हिजो नेकपाको सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकपछि स्थायी कमिटी बैठक आव्हान गरिएको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बनेको नेकपाले अहिले तल्लो कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया अगाडि बढाएको छ ।
नेकपा बैठक बालुवाटार