राजपा राजनीतिक समितिको बैठक भोलि ११ बजे पुनः बस्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को राजनीतिक समितिको बैठक भोलि पुनः बस्नेगरी स्थगित भएको छ। भोलि बिहान ११ बजेका लागि बैठक बोलाइएको राजपा महासचिव केशव झाले जानकारी दिए।
आजको बैठकमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष राजेन्द्र महतोले बैठकका लागि प्रस्तावहरु प्रस्तुत गरेका थिए। बैठकमा विधान पनि प्रस्तावित गरिएको छ। महाधिवेशनसम्मका लागि प्रस्तावित विधानमाथि भोलि मात्रै छलफल हुने बताइएको छ।
वैशाखमा महाधिवेशन गर्ने भनेर अघिल्लो राजनीतिक समितिको बैठकले मिति तय गरेको थियो। लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल र वृषेशचन्द्र लाल रहेको विधान परिमार्जन समिति बनेको थियो।
आजको बैठकमा वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, मनिष सुमन र जितेन्द्र सोनलले आफ्ना धारणा राखेका थिए।
राजपा