मुख्य समाचार समाज देश

माइतीघरमा डाक्टर केसी र गंगामायाको पक्षमा प्रदर्शन गर्ने १२ पक्राउ

माइतीघरमा डाक्टर केसी र गंगामायाको पक्षमा प्रदर्शन गर्ने १२ पक्राउ

काठमाडाैं । अनसनरत डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। 


चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसी र छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राखेर वीर अस्पतालमा अनसनरत गंगामायाको जीवन रक्षा गर्न दबाब दिन डाक्टर गोविन्द केसी अलायन्सले बिहीबार बिहान मण्डलामा प्रर्दशन गरेको थियो। 



प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 


पक्राउ पर्नेमा इन्द्र प्रसाद अर्याल, चरण प्रसाई, महमणिक आचार्य। लोकराज अवस्थी, विश्व दुलाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डाक्टर सुरेन्द्र भण्डारी, डाक्टर उदय प्याकुरेल, मोहन ज्ञवाली र लोकेन्द्र पोखरेल छन्। 



प्रदर्शनकारीले अनसनरत केसी र गंगामायाको जीवन रक्षा गर्न र सरकारले प्रदर्शन गर्न नपाउने भनी माइतीघरलाई निषेधित क्षेत्र तोकेको निर्णय खारेज गर्नुपर्ने नारा लगाएका थिए।

डा.गोविन्द केसी गंगामाया अधिकारी प्रदर्शन माइतीघर मण्डला

विशेष