मुख्य समाचार समाज देश

भद्र र रुपसी चीन जाने साइत जुर्यो

भद्र र रुपसी चीन जाने साइत जुर्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । 

 

तिनीहरुलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा)मा राखिएको छ । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो । 

 

नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ । चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जानेछ । 

 

समाचार अनुसार, यस जोडीलाई जुलाई १२ (असार २८) मा चीन पठाइने छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज सौराहा भद्र रुपसी

विशेष