मुख्य समाचार राजनीति

अाेली सरकारले नागरिकको लोकतान्त्रिक अधिकार खोस्याेः देउवा

अाेली सरकारले नागरिकको लोकतान्त्रिक अधिकार खोस्याेः देउवा

रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाएका छन् । आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु उल्टाएर अाेली सरकारले मुठभेड निम्ताउन खोजेको देउवाले बताएका हुन्  ।

 

अाेली सरकार छिमेकी मुलुक भारत र चीनसामु लम्पसार परेको बताउँदै तत्काल चीनबाट नेपालमा रेल आउने कुनै सम्भावना नै नभएको उनले दबी गरे । सरकारले विरोध गर्न पाउने नागरिकको लोकतान्त्रिक अधिकार खोसेको भन्दै अाक्राेश व्यक्त गरे ।

 

नेपाल प्रेस यूनियन रामेछापले शनिबार रामेछापको मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर चालेको निरकुश कदम नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने बताए । 


उनले भने, "कम्युनिष्ट सरकारले गरेको सार्वजनिक नियन्त्रण र कब्जा गर्ने गरी चालेको कदमलाई कांग्रेसले कडा रुपमा प्रतिवाद गर्छ । 

शेरबहादुर देउवा

विशेष