समाज देश

विद्यालयको लगत तयार गर्दै सरकार

विद्यालयको लगत तयार गर्दै सरकार

काठमाडौं । सरकारले ६३ जिल्लाका सबै विद्यालयको अवस्थाबारे अध्ययन गर्ने भएको छ । भूकम्पले क्षति बनाएका १४ जिल्लाबाहेक सबै जिल्लाका विद्यालयको अवस्थाबारे अध्ययन गर्न लागेको हो ।

 

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले आगामी वर्ष विद्यालय भवनको अवस्था अध्ययन गर्न लागेको हो । 

 

विश्व बैंको सहयोगमा ६३ जिल्लाका विद्यालय भवनको अनुगमन गरी त्यसको अवस्थाबारे जानकारी दिन लागिएको एकाइ प्रमुख इमनारायण श्रेष्ठले जानकारी दिए । 

 

‘कति भवन ढुंगामाटोले बनेका होलान्, कतिपय भवनको अवस्था अत्यन्तै नाजुक भएका होलान्, सबै विषयमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछौ’ –उनले भने । आजको नेपाल समाचारपत्रमा खबर छ ।

भूकम्प विश्व बैंक

विशेष