राजनीति प्रदेश २

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग राजपाको माग

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग राजपाको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले तराईसहित देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान भएकोमा गम्भीर चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो। 


बैठकले तराईका विभिन्न जिल्लामा बाढी र डुबानका कारण भत्किएका संरचना तत्काल बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको नेता अनिलकुमार झाले जानकारी दिए।

 

तीन दिनयता जारी राजपाको राजनीतिक समितिको बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी, पार्टी संसदीय दलको नेता चयन लगायतका विषयमा छलफल केन्द्रित छ।

 

नेता झाले बैठकमा सरकारका पछिल्ला काम–कारबाहीबारे पनि नेताहरुले समीक्षात्मक टिप्पणी गरिरहेको जानकारी दिए। सरकारलाई समर्थन दिएको राजपाले संविधान संशोधन नभई सरकारमा सहभागी नहुने अडान राख्दै आएको छ।

राजपा बाढी पीडित

विशेष