पूर्व-पश्चिम राजमार्गमा पर्ने महुली खोलाको पुल भत्कियो

सप्तरी । पूर्वपश्चिम राजमार्गमा पर्ने महुली खोलाको पुल भत्किएको छ। तीन दिन अघि परेको अविरल वर्षाका कारण महुली खोलामा आएको बाढीले पुल चर्केको थियो। त्यसपछि डिभिजन सडक कार्यालय लाहानले रातो झण्डा राखेर खतराको सूचना दिएको थियो।
चर्किएको पुल शनिबार अचानक भत्किएपछि सवारी आगमन एकतर्फी भएको छ। खोलामा पानीको बहाव बढ्दा पुलमाथीबाटै पानी बग्ने गर्थ्यो। पुलमाथीबाट पानी बग्दा पुल कमजोर बन्दै गएको र भत्किएको डिभिजन सडक कार्यालय लाहानका प्रमुख इन्जिनियर रामकुमार वेदले बताए।
उनका अनुसार पुल मर्मतको काम भोलीदेखि नै सुरु हुने छ। प्रहरीले भत्केको पुलको दुवै तर्फबाट सवारीलाई एकतर्फी आगमन गराइरहेका छन्। पुल भत्किँदा पूर्व पश्चिम ओहोर दोहोर गर्ने यात्रु समस्यामा परेका छन्। फाेटाे र समाचार नागरिक दैनिकबाट ।