मुख्य समाचार राजनीति

कांग्रेस प्रवक्ताकाे प्रधानमन्त्रीलार्इ प्रश्नः उपकुलपति कुनै अपराधमा संलग्न कि ‘कमरेड मोनोपोलि’को आवेग?

कांग्रेस प्रवक्ताकाे प्रधानमन्त्रीलार्इ प्रश्नः उपकुलपति कुनै अपराधमा संलग्न कि ‘कमरेड मोनोपोलि’को आवेग?

काठमाडौं । सरकारले क्यानडा जान लागेका उपकुलपतिलाई विमानस्थलबाट पक्राउ गरेर आफ्नो अनुदार चरित्र प्रष्टाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ। यस घटनाले अन्तराष्ट्रिय समुदायमा नेपालको छवि बिग्रिएको पनि कांग्रेसको आरोप छ।

 

हेलो सरकारलाई मेन्सन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार अपरान्ह ट्विटरमा लेखेका छन् - ‘उपकुलपति पक्राउको घटनाले सरकारको अनुदार चरित्र मात्रै प्रष्ट्याएको छैन, अन्तराष्ट्रिय मञ्चमा देशको छविलाई समेत असर गरेको छ।’

 

उनले विश्व संस्कृत सम्मेलनमा नेपालको नेतृत्व गर्न उपकुलपति कसरी अयोग्य भए भन्ने प्रश्न गर्दै यसबारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उल्लेख गरेका छन् ।

 

‘विश्व संस्कृत सम्मेलनमा नेपालको नेतृत्व गर्न उपकुलपति अयोग्य ? कुनै अपराधमा संलग्न कि ‘कमरेड मोनोपोलि’को आवेग ? शर्माले ट्विटरमा प्रश्न गरेका छन् ।

 

विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा भ्रमणमा जान लागेका नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालार्इ शनिबार साँझ प्रहरीले विमानस्थलबाटै पक्रेर प्रधानमन्त्रीनिवास बालुवाटार पुर्‍याएकाे थियाे ।

 

डाक्टर कुलप्रसाद कोइराला उपकुलपति विदेश भ्रमण प्रधानमन्त्री अाेली विश्वप्रकाश शर्मा

विशेष