मुख्य समाचार राजनीति

गगन थापाको प्रधानमन्त्रीलाई आग्रहः डा. केसीलाई चिन्नुस्

गगन थापाको प्रधानमन्त्रीलाई आग्रहः डा. केसीलाई चिन्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अनशनरत डा.गोविन्द केसीकाे चिकित्सा शिक्षा सुधार्ने नशा कसैले नजरअन्दाज गरेर नउत्रँदै बताएका छ ।

 

चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै थापाले डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएकोमा चिन्ता व्यक्त गरे । उलने डा. गोविन्द केसीलाई चिन्न प्रधानमन्त्री केपी शर्मा अाेलीलाई आग्रह गरे । 

 

'म विनित भएर आग्रह गर्छु', थापाले भने, 'डा. केसीलाई चिन्नुस्। कुनै झन्ड उहाँसँग छैन। कुनै लोभ छैन। स्वार्थ छैन। केवल नेपालको चिकित्सा शिक्षा सुधार्ने नशा छ। त्यो नशा कसैले नजरअन्दाज गरेर उत्रँदैन। कसैले तर्साएर पनि उत्रँदैन। उहाँको माग सम्बोधन गरौं। नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न तयार छ।' .

 

विगतमा तत्कालीन राजा ज्ञानेन्द्रले रत्नपार्कमा आन्दोलनकारीको संख्या हेरेर गरेको व्यवहारजस्तो नगर्न थापाले प्रधानमन्त्रीलाई सुझाव दिए । 'सत्यको पक्षमा उभिँदै गर्दा फगत एक जना भए पनि पुग्छ। आज डा.गोविन्द केसी सत्यको पक्षमा उभिनुभएको छ। त्यो उभिँदै गर्दा मान्छे कति छन्, नहेर्नुस् प्रधानमन्त्रीज्यु ! सदनको टाउको पनि नगन्नुस्', थापाले भने ।

 

चिकित्सा शिक्षा विधेयकमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले एउटा-दुइटा व्यक्तिको स्वार्थको कुरालाई छाडेर मात्रै हेर्ने हो भने सँगै उभिएर पारित गर्न सकिने अवस्था भएको थापाले बताए।

डा.गोविन्द केसी गगन थापा प्रधानमन्त्री केपी शर्मा अाेली

विशेष