मुख्य समाचार देश प्रदेश ३

३ महिनामा ३ सय २३ को मृत्यु, ५७ बेपत्ता

३ महिनामा ३ सय २३ को मृत्यु, ५७ बेपत्ता

काठमाडौं । यो वर्षको वैशाखदेखि असारसम्मको अवधिमा बाढी, पहिरो, चट्याङ, डुबान लगायतका प्राकृतिका प्रकोपमा परेर मुलुकभर ३ सय २३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको विवरण अनुसार १ वैशाखदेखि २५ असारसम्म ३ सय २३ जनाको मृत्यु र ५७ जना बेपत्ता भएका हुन् ।

 

ती प्रकोपका घटनाहरुबाट ३ हजार २ सय ९८ परिवार प्रभावित भएको बताइएको छ । यो अवधिमा १ हजार १ सय १४ वटा प्रकोपका घटना भएका छन् भने ८ सय ८५ घरमा आंशिक र ७ सय २० घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

 

त्यस्तै, विभिन्न जिल्लामा १ सय ६५ गोठ र १ हजार २ सय ९७ पशु चौपायामा क्षति पुगेको छ । जिल्लागत रुपमा मानवीय क्षतिको तथ्याङ्क हेर्दा ३ महिनामा सबैभन्दा बढी क्षति धनुषा जिल्लामा १४ जनाको ज्यान गएको छ । त्यस्तै, मोरङ १२, झापा र सिराहा ११र११ जनाको मृत्यु भएको प्रहरीको तथ्याकंले देखाएको छ ।

मृत्यु बेपत्ता

विशेष