कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजान्छुः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणा गरेका छन् । उनले कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
सोमबार काठमाडौंमा पार्टीका पुराना नेता,कार्यकतासँगको सामूहिक भेटमा सभापति देउवाले जिल्ला पार्टी कमिटीहलाई विश्वासमा लिएर पार्टीलाई सुदृढ बनाउने अभियान नै संचालन गर्ने योजना अघि सारेका हुन् ।
उनले चुनाव हार्नुको वास्तविकतालाई पार्टी भित्रैबाट ढाकछोप नगर्ने बताए । कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई बचाउन पनि नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
उनले सभापति देउवाले पार्टीलाई बलियो बनाउने दिशामा कुनै कदम चाल्न नसकेको आरोप पनि लगाए। वरिष्ठ नेता पौडेलले पार्टीलाई बलियो बनाउन आफूले दिएको सुझाव सभापति देउवाले कार्यान्वयन गर्न नचाहेको बताए ।
शेरबहादुर देउवा रामचन्द्र पौडेल