मुख्य समाचार राजनीति

गृहमन्त्री थापाले भने, ‘प्रकाण्ड अपराधी हुन्’

गृहमन्त्री थापाले भने, ‘प्रकाण्ड अपराधी हुन्’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आफ्ना पूर्वसहकर्मी नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी घोषणा गरेका  छन् । 


भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री थापाले प्रकाण्डलाई पक्राउ गर्नु परेको कारण चन्दाआतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले मौजुदा कानुनअनुसार कारबाही गरिएको जानकारी दिए ।

 उनले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोही पनि कारबाही गर्ने क्रम जारी रहेको बताउँदै ध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले वार्ता र कारबाही एकैसाथ अघि बढाउने नीति लिएको पनि उल्लेख गरे । 


गृहमन्त्री थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरू इन्काउन्टरमै मारिएको दाबी दोहो¥याए । उनले २४ घन्टाभित्रै अपहरणकारीहरूलाई नियन्त्रणमा लिई निष्तेज पार्न सरकार सफल भएको दाबीसमेत गरे । 
 

गृहमन्त्री रामबहादुर थापा

विशेष