मुख्य समाचार देश नेपाल आज विशेष

न्यायका लागि मानव अधिकारको संरक्षण आवश्यक: मुख्यमन्त्री राउत

न्यायका लागि मानव अधिकारको संरक्षण आवश्यक: मुख्यमन्त्री राउत

धनुषा । प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन नसक्ने बताए । 

 

उनले सामाजिक विकृतिले मानव अधिकारलाई चुनौती दिँदै आएको उल्लेख गर्नुहुँदै सामाजिक विकृति अन्तका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताए । 

 

उनले प्रदेश सरकार मानव अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताउँदै समाजिक न्यायका लागि मानव अधिकारको संरक्षण आवश्यक रहेकाले प्रदेश सरकारले चाँडै मानव अधिकार संरक्षण ऐन ल्याउन लागेको बताए । 

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनकपुरमा बुधबार आयोजना गरेको २४ औँ प्रकाश मानव अधिकार पुरस्कार २०७४ प्रदान समारोहमा मुख्यमन्त्री राउतले महिलालाई शिक्षित बनाउन प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्राथमिकतामा राखेर अघि बढाएको बताए । 

 

कार्यक्रममा मुख्यमन्त्री राउतले २४ आैँ प्रकाश मानव अधिकार पुरस्कार २०७४ रौतहटका मानव अधिकारकर्मी मो.मकसुद राँकीलाई प्रदान गरे ।

 

इन्सेकका अध्यक्ष सुबोध प्याकुरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, राष्ट्रपतिका मानवअधिकार सल्लाहकार सुशील प्याकुरेल सहितको उपस्थिति थियो । 
 

मानव अधिकार प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत

विशेष