भारतको संसद भवनमा अध्यक्ष ढकालले भने, ‘विकासमा हामी छिमेकीसँग हातेमालो गर्न चाहन्छौं’
नयाँ दिल्ली । पूर्वमन्त्री तथा इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टरिएन फर पिस(आइएपिपी) एसिया–प्यासिफिकका अध्यक्ष एकनाथ ढकालले भारतको नयाँ दिल्लीमा भारतीय सांसदहरुलाई सम्बोधन गरेका छन् ।
नयाँ दिल्लीस्थित संसद भवनमा भएको एक अन्तरक्रियामा सहभागी भारतीयजनता पार्टी, इन्डियन राष्ट्रिय कांग्रेसलगायत लोकसभा र राज्य सभाका करिब दुई दर्जन सांसदहरुलाई अध्यक्ष ढकालले सम्बोधन गरेका हुन् ।
प्रमुख अतिथीका रुपमा आमन्त्रित ढकालले सम्बोधनका क्रममा भने, ‘सशस्त्र द्वन्द्वलाई सफलतापूर्वक शान्तिमा रुपान्तरण गरेर नेपालले विश्वलाई ‘द्वन्द्व समाधानको नयाँ मोडल’ प्रस्तुत गरेको छ ।’
नेपालमा तीन तहको निर्वाचन पछि नयाँ सरकार गठन भएको र त्यसले छिमेकी मुलुकहरुसँग सुमधुर सम्बन्ध बनाएर विकासको पथमा सबैसँग हातमालो गर्न चाहेको अध्यक्ष ढकालले बताए ।
अध्यक्ष ढकाल नेपाल परिवार दलका पनि अध्यक्ष हुन् । निर्वाचन अघि तीन बुँदे सहमति गरेर वाम गठबन्धनलाई सघाएको परिवार दलले अहिले पनि सरकारलाई समर्थन जारी राखेकाे छ ।