राजनीति

अब मन्‍त्रीहरूले नेकपामा नयाँ जिम्मेवारी पाउने छैनन्

अब मन्‍त्रीहरूले नेकपामा नयाँ जिम्मेवारी पाउने छैनन्

काठमाडौं  । सरकार र संसदमा महत्वपूर्ण पद भएकालाई पार्टीको जिम्मेवारी नदिन नेकपाले मातहत कमिटीहरूलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो।



एकीकरणपछि नेकपाको यो दोस्रो सर्कुलर हो। सरकारका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरू, प्रतिनिधिसभा संसदीय दलका उपनेता, राष्ट्रियसभामा दलका नेताको प्रतिनिधि, संघीय संसदीय दलका मुख्य सचेतक र सचेतकहरूले पार्टीमा जिम्मेवारी पाउने छैनन् । 



त्यसैगरी, संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का समितिका सभापतिहरू, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा दलका नेता र उपनेताहरू, प्रदेशसभाका समितिका सभापतिहरू, प्रदेशसभा दलका प्रमुख सचेतक र सचेतकहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख र उपप्रमुखहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले जिम्मेवारी पाउने छैनन्। 



संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, जिल्ला र त्यसमातहतको पार्टी कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा नरहन  पनि निर्देशन जारी गरेको छ।

नेकपा

विशेष