मुख्य समाचार देश

अज्ञात समूहद्वारा मेयरको आगन्तुक कक्षमा बम विस्फोट

अज्ञात समूहद्वारा मेयरको आगन्तुक कक्षमा बम विस्फोट

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरको आगन्तुक कक्षमा अज्ञात समूहले बम विस्फोट गराएको छ । 

 

आइतबार दिउँसो तिर करिब २ बजे बम विस्फोट भएको हो । नगरपालिकाका मेयरको आगन्तुक कक्षमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए । 

 

अनुसन्धान जारी रहेको एसपी केसीले बताए । उनले भने, ‘कसले र किन बम विस्फोट गरायो भन्ने कुरा अहिले खुल्न सकेको छैन् ।’  

 

विस्फोटका कारण कोठामा सामान्य क्षति पुगेको एसपी केसीले बताए । बम विस्फोट भएको समयमा मेयर भने आगन्तुक भेटघाटमा नै थिए ।
 

विराटनगर महानगरपालिका बम विस्फोट मेयरको आगन्तुक कक्ष

विशेष