मुख्य समाचार देश

निगमको एयरबसमा समस्या आएपछि कतारमै रोकियो

निगमको एयरबसमा समस्या आएपछि कतारमै रोकियो

काठमाडौै । नेपाल वायु सेवा निगमको न्यारो बडी एयरबसमा इन्जिनमा समस्या आएपछि  कतारमै रोकिएको छ । 


शुक्रबार बेलुका काठमाडौं फर्किने तालिका रहेको निगमको ए ३२० सिरिजको उक्त एयरबस दोहामै ग्राउन्डेड भएको हो । यो जहाज शुक्रबार बिहान काठमाडौंबाट दोहा गएको थियो ।


यो भन्दा पहिले पनि त्यो जहाजमा इन्जिनको समस्या आएको थियो । त्यसबेला भारतको राजधानी नयाँदिल्लीमा १५ दिन भन्दा धेरै समय ग्राउन्डेड भएको थियो  । 

 

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार इन्जिनमा आएको समस्यासम्बन्धी रिपोर्ट कम्पनीमा पठाइसकिएकाले मर्मत सकेर जहाज सोमबारसम्म काठमाडौँ आइपुग्ने बताए । 

 

यो जहाजमा समस्या देखिएपछि निगमको अन्तर्रा्ष्ट्रिय उडान तालिकासमेत प्रभावित भएको छ । निगमले अहिले दुईवटा न्यारोबडी र एउटा बोइङमार्फत् अन्तर्रा्ष्ट्रिय उडान भर्दै आइरहेको छ । असार १४ गते फ्रान्सबाट आइपुगेको पहिलो वाइडबडी एयरबसले पनि केही दिन अघिदेखि व्यवसायिक उडान थालिसकेको छ ।
 

नेपाल वायु सेवा निगम न्यारो बडी एयरबस इन्जिनमा समस्या

विशेष