कभर स्टोरी मुख्य समाचार

सर्वसाधारण तर्साउन काठमाडौंका एकान्त स्थलहरुमा नक्कली बम राखे विप्लव कार्यकर्ताले 

सर्वसाधारण तर्साउन काठमाडौंका एकान्त स्थलहरुमा नक्कली बम राखे विप्लव कार्यकर्ताले 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले काठमाडौंमा सर्वसाधारणलाई तर्साउने उद्देश्यले नक्कली बम राखेको पाइएको छ ।
कमै मानिसको आउजाउ हुने एकान्तस्थल छानेर बमजस्तो बनाएर शंकास्पद वस्तु राखेको भेटिएपछि प्रहरीले त्रसित नहुन सर्वसाधारणमा आग्रह गरेको छ ।  

 

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले काठमाडौंमा सुरक्षा चुनौती नरहेको जानकारी दिएका छन् । उनले भने, ‘झोलामा काम नलाग्ने वस्तु भरेर बाहिर ‘खतरा’ लेखेर सार्वजनिक स्थलमा छाडेको पाइयो । परीक्षण गर्दा विष्फोटक पदार्थ थिएन । यस्ता केही स्थलहरुमा भेटिएको थियो । ती सबैको परीक्षण भइसकेको छ । अब जनताले डराउनु पर्दैन ।’

 

नेकपाले आह्वान गरेको नेपाल बन्दलाई मध्यनजर गरेर काठमाडौंमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ । प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने विप्लव समूहका दुई जनालाई पक्रेको छ । प्रमुख एसएसपी पोखरेलले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।
 

विशेष