बलात्कारको रात
मुख थुनी कसैले गाडीमा हालेर लग्छ
कोठाभित्र आँखा खोल्दा अन्धकार छाउँछ ।
बोल्न खोज्दा मुखबाट आमा बुबा भन्ने शब्द मात्र निस्कन्छ
बचाऊ मलाई आमा भन्न नपाई फेरि मुखमा पट्टी लाग्न पुग्छ ।
डरले कामीरहेको शरिरमा गलत स्पर्शको महशुश हुन्छ
त्यो रातहरु पन्छाउन खोज्दा आफ्नो शरिरको लुगा च्यातिन पुग्छ ।
बुबा आमाले माया गरि हुर्काएको सम्झी आत्मा पोल्छ
तर बलात्काारीले आफूलाई पनि जन्म दिने एउटी नारी हो भन्ने बिर्सिसकेको हुन्छ ।
कालो बादल आएर एकछिनमै छोपियो
भोलीपल्ट आँखा खोल्दा अस्पताल देखियो ।
सहनै नसकिने पिडा शरिरमा थियो
र पनि यो समाज प्रश्न बोकी मेरो अगाडि उभियो ।
ज्वाला नेपाल
इलाम, नेपाल