मुख्य समाचार देश

राष्ट्रिय मानवअधिकार आयोगकी मोहनालाई पुरस्कार

राष्ट्रिय मानवअधिकार आयोगकी मोहनालाई पुरस्कार

ललितपुर । कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को ३२ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्षको ‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण पुरस्कार’ राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीलाई प्रदान गरिएको छ । 
 

कार्यक्रमा आयोगकी आयुक्त मोहनालार्इ संस्थाका संस्थापक महेन्द्र प्रसाई र सूर्यकिरण गुरुङ्बाट पुरस्कार प्रदान गरिएको हो ।

 

(ल्याक) की संस्थापक स्वर्गीय प्रो. डा. शान्ता थपलियाको स्मृतिमा स्थापना गरिएको अवार्ड अन्सारीलाई प्रदान गरिएको ल्याककी अध्यक्ष अनिता न्यौपाने थपलियाले बताइन् ।

 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आउने भनिएको थियो । तर, प्रधानमन्त्री कार्यालयमा अकस्मात बैठकमा जानु पर्ने भएकोले मन्त्री थापा कार्यक्रममा आउन नसकेको आयोजकले जानकारी दिएको छ ।

 

कार्यक्रममा संस्थामा १५ वर्ष भन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई पनि सम्मानित गरिएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी ‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण पुरस्कार’

विशेष