मुख्य समाचार देश

जनकपुरमा मधेसी युवाहरूद्वारा ओलीको विरोध

जनकपुरमा मधेसी युवाहरूद्वारा ओलीको विरोध

काठमाडौं । युनाइटेड मधेसी अफ नेपाल एवं तराई मधेस उत्थान मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीले २ नं प्रदेशको प्रदेशसभा सम्बोधन कार्यक्रमलाई विरोध गरेका छन् । 

 

जनकपुरधाममा शनिबार आयोजित प्रदेशसभा सम्बोधन कार्यक्रम स्थलबाहिर युनाइटेड मधेसी अफ नेपाल समर्थक युवाहरूले प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।  

 

प्रदर्शनकारीहरूले प्लेकार्डमा ‘किलर ओली गो ब्याक, मधेसको मागहरू पूरा गर’ भन्ने नारा उल्लेख छ । युनाइटेड मधेसी अफ नेपाल एवं तराई मधेस उत्थान मञ्चका संस्थापक अध्यक्ष सञ्जय यादवले एक विज्ञप्ति प्रकाशित गर्दै अहिले मधेसमा यस्तो माहौल छ कि मधेसी जनता नेतृत्वविहीन महसुस गरिरहेका छन् । मधेसी वीरहरूले दिएको सहादत र बलिदानीको अपमान भएको महसुस गरिरहेका छौ भन्ने उल्लेख गरेका छन् ।

 

उनको विज्ञप्तिमा भनिएको छ, ‘अहिले पनि केपी ओलीजीले बोलेका अपमानजनक शब्दहरू मधेसी जनताले भुलेका छैन । हामी सहिदको अपमान हुन दिने छैनौं । सरकारको डरत्रासले डरने वाला छैनौ । यसभन्दा पहिला नयाँदिल्लीमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाई तिहाड जेल गइसकेको छु । जनकपुरका युवाहरू उत्रिरहने छौं ।’ 


‘संविधान संशोधनको कुरा उठाउनु ‘ललीपप’ जस्तै हो । संशोधनले मधेसीको हकअधिकारसँग केही पनि सरोकार राख्नेवाला छैन । केन्द्र सरकार सरकार चलाउन हुने कठिनाइहरूलाई मात्रै संशोधन गरिने छ । उक्त संशोधनले केन्द्र र गैर मधेसी, थारूलाई मात्र फाइदा हुनेछ’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली युनाइटेड मधेसी अफ नेपाल तराई मधेस उत्थान मञ्च विरोध गरेका छन्

विशेष