मुख्य समाचार समाज

महिलाद्वारा बलात्कारीविरुद्ध अर्धनग्न प्रदर्शन

महिलाद्वारा बलात्कारीविरुद्ध अर्धनग्न प्रदर्शन

काठमाडौं । बलात्कार विरुद्धकी अभियन्ता सावित्री सुवेदीलगायत अन्य महिला अधिकारकर्मीहरूले शनिबार राजधानीस्थित माइतीघर मण्डलामा बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । 

 

उनीहरूले माइतीघर मण्डलामा यही भाद्र १ गतेदेखि लागू भएको मुलुकी संहितामा बलात्कारीलाई दिइने सजाय अपर्याप्त भएको भन्दै फाँसीको सजाय नै दिनुपर्ने भनी अर्धनग्न प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेस्रो लिंगीलाई प्रहरीले सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ । अर्धनग्न प्रदर्शन गरिरहेको बेला महिलाहरूमाथि पुरुष प्रहरीले ठेलमठेल गरेको दृष्य देखिएको थियो । 

 

प्रदर्शनका क्रममा महिला प्रदर्शनकारीमाथि पुरुष प्रहरीले ठेलमठेल गर्नु कानुनविपरीत भएको भनी महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूले आपत्ति प्रकट गरेका छन् । साँझ अबेरसम्म महिला प्रदर्शनकारीहरू प्रहरी हिरासतबाट मुक्त भएका छैनन् । 

 

नयाँ मुलुकी अपराध संहितामा सार्वजनिक स्थानमा अर्धनग्न प्रर्दशन गर्नेलाई पनि कानुनी कारबाही गरिने व्यवस्था छ । विगत केही समयदेखि सावित्री सुवेदी, सन्ध्या विडारी, दिया भण्डारी, जस्मिन ओझा, विक्रम रोकाया, सुरेश तिमल्सिनालगायत युवाहरूले बलात्कारीमाथि फाँसीको सजाय हुनुपर्ने माग गर्दै सामाजिक सञ्जाल तथा सभा, समारोहहरूमा अभियान चलाउँदै आएका छन् ।
 

अभियन्ता सावित्री सुवेदी महिला अधिकारकर्मी बलात्कारीविरुद्ध अर्धनग्न प्रदर्शन

विशेष