मुख्य समाचार देश राजनीति

विद्यार्थी संगठनद्वारा क्याम्पसमा ताला बन्दी 

विद्यार्थी संगठनद्वारा क्याम्पसमा ताला बन्दी 

काठमाडौं । स्वतन्त्र बिद्यार्थी युनियनको अगुवाइमा संयुक्त विद्यार्थी संगठनले बुधबार कोटेश्वर बहुमुखी क्याम्पसको लेखा शाखा र प्रसासन शाखामा ताला लगाएको छ ।

 

क्याम्पस प्रशासनले स्ववियुको सहमती बिना र जानकारी नगरी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनले क्याम्पसमा ताला बन्द गरेको हो ।


क्याम्पसले स्ववियुको हिसाब आजसम्म पनि दिन नसकेको, बिद्यार्थीहरूलाई दिनु पर्ने आधारभुत आवश्यक्ताहरूबाट बन्चित गरी शुल्क मात्रै वृद्धि गरेकाले स्ववियु बाध्य भएर ताला लगाएको स्ववियु अध्यक्ष माधव अधिकारीले जानकारी दिए । 


हाम्रो मागहरू पूरा नभएसम्म हामी थप आदोलनका कार्यक्रम गर्ने छौ र आन्दोलन जारी राख्ने समेत जानकारी दिए । 

 

कोटेश्वर क्याम्पसमा हाल कक्षा ११ देखि मास्टरसम्म पढाई हुने गरेको छ । त्यहाँका व्यवस्थापन कमिटिका अध्यक्ष पुर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे र वडा नंम्बर ३२ का अध्यक्ष नवराज पराजुली रहेका छ्न् ।

 


 

स्वतन्त्र बिद्यार्थी युनियन संयुक्त विद्यार्थी संगठन क्याम्पसमा ताला बन्द

विशेष