पैसा कमाउछु भनेर विदेशीने विद्यार्थीलाई रोक्न सकिदैन (भिडियाेसहित)
काठमाडौं । सिजी होल्डिङ्सको सिजी लर्निङमार्फत अहिले चारवटा शैक्षिक संस्थाहरु सञ्चालनमा छन् । सबै शैक्षिक संस्थाको नेतृत्वमा मिथलेशकुमार झा छन् । उनी यि चार संस्थाका महाप्रबन्धक हुन् । गुणस्तरीय र व्यवहारिक शिक्षा नै सिजी होल्डिङ्स्को मुख्य विशेषता हो ।
झा सप्तरीको राजविराजमा जन्मिए । विगतमा आफूले पनि राम्रो शिक्षा हासिल गर्न पाएकोमा उनमा शिक्षाप्रतिको लगाव बढ्दै गएको बताउछन् । दश कक्षासम्म राजविराजमा पढेपछि उनी उच्च शिक्षाको लागि भारत गए । त्यस्तैगरि उनले रसियामा पनि पढाइको अनुभव हासिल गरिसकेका छन् । त्यतिबेलाका अन्य विद्यार्थीको तुलनामा झा भाग्यमानी पनि थिए । किनभने उनले नर्सरीबाटै अध्ययन सुरु गरे र उनी पढेको विद्यालय अहिले पनि राजविराजको एकदम राम्रो विद्यालय मानिन्छ ।
उनका बुबा डाक्टर थिए र बुबाको पोष्टिङ पनि राजविराजमै हुन्थ्यो । जसकारण उनले विद्यालयको अध्ययन त्यहीँ बसेर गरे । उनको समयमा भर्खरै अंग्रेजी माध्यमको पढाइ सञ्चालन भएको थियो । झाले त्यसको भरपुर फाइदा उठाए । उनी पढाईमा अब्बल विद्यार्थी थिए । जसकारण विद्यालयका शिक्षक शिक्षिकाहरुको नजरमा पनि उनको राम्रो छाप थियो ।
पछि नेपाल आएर उनले इन्जिनियरिङको पनि अध्ययन सकाए । अन्य विद्यार्थी झै उनमा पनि विदेश जाने सोच थियो । तर केही पारिवारिक कुराले गर्दा उनी विदेश जान पाएनन् । यहीँ केही गर्छु भन्ने उद्देश्यले उनले सुरुवाती चरणमा धेरै ठाउँहरुमा काम गरे । सबै ठाउँमा काम गरेको अनुभवले उनलाई सिजी होल्डिङ्स्को महाप्रबन्धक बनाउनमा मद्दत पु¥यायो ।
सैद्धान्तिक शिक्षाा पछि सिजी होल्डिङ्स्मा काम गर्नु झाको आफ्नै चाहना थियो । उनले भने, ‘सिजी मेरो लागि एउटा यस्तो ठाउँ हो जहाँ मैले शिक्षा क्षेत्रमा सोचेको कुरालाई पुरा गर्न राम्रो प्लेटफर्म पाएको छु ।’ मेहनत गर्नेहरुलाई सिजी होल्डिङ्स् एकदमै राम्रो क्षेत्र भएको उनले बताए ।
झाले नेपालको शैक्षिक क्षेत्रमा काम गर्न थालेको करिब चौध पन्ध्र वर्ष भइसक्यो । उनले देखेअनुसार, नेपालमा राजनीतिक बाधा धेरै हुँदा पनि शैक्षिक क्षेत्रले राम्रो काम गरिरहेको छ । उनका अनुसार यो नेपाली शिक्षा क्षेत्रको एकदमै राम्रो पाटो हो ।
उनका अनुसार, नेपालको शिक्षा क्षेत्रमा काम गर्न चाहने हो भने यहाँ धेरै अवसरहरु छन् । अहिलेको समयमा नेपाली युवा पढ्नकै लागि विदेश जाने प्रवृत्ति हावी भइरहेको छ । जसले गर्दा नेपाली पूँजी विदेश पलायन भएको छ । त्यही पूँजीलाई स्वदेशमै फर्काउने यस्ता धेरै अवसरहरु नेपालमा भएको उनले बताए । राजनीतिक स्थिरता भयो भने विदेशी विद्यार्थीलाई पढ्नका लागि नेपाल ल्याउन सकिने र नेपाली विद्यार्थीलाई नेपाल नै फर्काउन सकिने पनि उनले बताए ।
उनका अनुसार, विदेश जाने दुुई प्रकारका विद्यार्थी छन् । कोही पढ्न र काम गर्छु पैसा कमाउँछु भनेर गएका हुन्छन् । त्यस्ता विद्यार्थीलाई कसैले रोकेर रोक्न नसकिने उनले बताए । तर, नेपालमा पढाइ राम्रो छैन भनेर जानेहरुलाई भने सिजी लर्निङबाट सञ्चालन भएका कलेजहले रोक्न सक्ने उनले बताए ।
विदेश जानु नराम्रो होइन तर त्यहाँ सिकेको कुरा नेपालमा लागू गर्नु पर्छ भन्नेमा उनले जोड दिए । हाल सिजी लर्निङबाट तीनवटा कलेजहरु सञ्चालनमा छन् । सीजीआइएम(सीजी इन्सिट्युट अफ म्यानेजमेन्ट), एक्सल कलेज र प्रिमियर कलेज ।
बानेश्वरको मिनभवनस्थित सीजिआइएम(सीजी इन्सिट्युट अफ म्यानेजमेन्ट) मा मलेसियाको लिमकङविङको डिग्री सञ्चालन भइरहेको छ । विदेश नै जान्छु भन्न्नेहरुको लागि विदेशी डिग्री सिजीले नेपालमै उपलब्ध गराएको हो ।
‘त्यस्तैगरी लाखेचौर मार्गमा पर्ने एक्सल कलेजमा पोखरा युनिभर्सिटीको कोर्समार्फत बीबीए बीआई, एमबीए , पढाइन्छ । बानेश्वरको प्रिमियर कलेजमा टीयुको कोर्समार्फत ‘साइइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज र बिबिएस बिएसडब्लु, पढाइरहेका छौं ।’
सिजी होल्डिङ्सकाे सहकार्यमा विभिन्न शिक्षाविदहरूकाे संलग्नतामा काठमाडौं वर्ल्ड स्कुलमा पनि सञ्चालनमा आइसकेको छ । यसको मुख्य उद्देश्य नमुना विद्यालयको बनाउने हो । सिंगापुर, इइण्डिया थाइल्याण्डमाजस्ता विभिन्न देशमा अध्ययन गरेर उक्त विद्यालयमा पनि त्यहाँको कुरालाई लागू गरिएको उनले बताए ।
झाको अनुसार नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदानको साथसाथै आवश्यक्ता पनि उत्तिकै छ । सरकार आफैंंलाई सबैतिर शिक्षाको पहुँच पुर्याउन गार्हो हुन सक्छ ।
विद्यार्थीहरुले निजी क्षेत्रबाट गुणस्तरीय शिक्षा पाउँछन् भने त्यसलाई हौसला दिनुपर्ने उनले बताए । सिजी लर्निङबाट सञ्चालित सबै कलेजहरु ‘आइएसओ’ सर्टिफाइड हुन् । के हो त ‘आइएसओ सर्टिफाइड’ भन्ने नेपाल आजको प्रश्नमाा उनले भने, ‘आइएसओ सर्टिफाइड भनेको सर्टिफिकेसन भित्र पर्ने एउटा प्रोसेस हो । मैले यसलाई हाम्रो क्वालीटिप्रतिकोे लगावको रुपमा लिएको छु ।
आइएसओ सर्टिफाइड भएका सबै कलेजहरुमा क्वालिटी हुन्छ भन्ने छैन किनभने आइएसओ सर्टिफिकेसनमा जाँदा एउटा स्टाण्डर्ड प्रोसेस सिस्स्टममा बाँधिनुुपर्छ । विद्यार्थीको प्रतिक्रिया, क्वालिटी प्रतिको कमिटमेन्टजस्ता यावत कुराले यसको निर्धारण गर्छ । सबै कुराजस्तै यसका पनि आफ्नै प्रक्रियाहरु छन् । यी प्रक्रियाले आइएसओ सर्टिफाइ हुन मद्दत पुर्याउँछ । ’
सिजी र अन्य कलेजमा के फरक छ भन्ने प्रश्नमा उनले भने, ‘पहिलो त हाम्रो सोचाइमा फरक छ । हाम्रो विद्यार्थीहरु फरक हुन् भनेर हामीले पनि त्यही अनुसारकोे वातावरण प्रदान गर्छौं । हामी कहाँ पढेका विद्यार्थीहरुले एकदम राम्रो जागिर पाएका छन् । हामीले गर्ने सहयोग पनि आफ्नो विद्यार्थीलाई गरिरहेका छौं ।’
मिथलेश कुमार