टीकापुर घटना राजनीतिक : ठाकुर

कैलाली । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताएका छन् ।
टीकापुर घटनाका अभियुक्तलाई सोमबार कैलाली कारागारमा भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले टीकापुरलगायत घटनाका मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको जानकारी दिए । उनले भने, ‘यो घटना दंगा भड्काउनलाई भएको थिएन ।’
उनले अझै पनि आदिवासी, जनजाति, दलित, पिछडिएका समुदायले राखेका माग र संविधान संशोधनका मुद्दा सम्बोधन हुन नसकेको गुनासो गरे । चुनावपछि बढेको जनताको आंकाक्षा पूरा हुन नसकेको बताउँदै संयोजक ठाकुरले सरकारको काममा शिथिलता देखिएको आरोप लगाए ।