सरकार माफियाको घेराबन्दीमा
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले ६ महिनामा आश्वासन बाँड्नेबाहेक अरू जनहितकारी काम केही गर्न नसकेको टिप्पणी गरेका छन् ।
सांसद कर्णले ओली सरकार ६ महिना भाषणमा मात्रै सीमित रहेको पनि बताए ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले सरकारले जन विश्वास पनि कमाउन नसकेको उल्लेख गरे ।
यस्तै, नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देवले प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरू माफियाले चलाएको आरोप लगाए ।
सिन्डिकेट हटाउन र सुनकाण्डको पूर्ण नतिजा दिन सरकार असफल भएको भन्दै उनले शिक्षा, स्वास्थ्य र हवाई क्षेत्रमा माफियाकरण गर्नेहरूले सरकारलाई घेरेको आरोप लगाए ।
कार्यक्रममा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध वर्तमान सरकार कठोर रूपमा लाग्नुपर्ने विचार व्यक्त गरे ।
यस्तै, डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष यदुनाथ खनालले न्यायालयमाथि एकपछि अर्को हस्तक्षेपको भइरहेको आक्षेप लगाए ।
राष्ट्रिय जनता पार्टी नेपाल लक्ष्मणलाल कर्ण