मुख्य समाचार समाज देश

पद छ, काम छैनः शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

पद छ, काम छैनः शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

काठमाडौं  । सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । 

 

अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर गर्‍यो गफगाफ गर्‍यो अनि फर्कियो । साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चूडामणि पौडेललाई उपमहानिर्देशकको जिम्मा दिइएको छ । 

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवलाई उपमहानिर्देशकको पत्र दिए तापनि के काम गर्ने तोकिएको छैन । ‘हामीले पद त पायौं तर काम पाएका छैनौं’, एक उपमहानिर्देशकले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यस्तो अवस्थामा कसरी काम गर्ने ?’-  नेपाल समाचारपत्रबाट 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सहसचिव

विशेष