मुख्य समाचार समाज देश

सिंहदरबारमा खानेपानी संस्थानकाे गजबकाे व्यापार

सिंहदरबारमा खानेपानी संस्थानकाे गजबकाे व्यापार

काठमाडौं । काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । 

 

संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ । 

 

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको बताए । तर, जनशक्ति अभावका कारण दैनिक १ सय ५० जार मात्रै उत्पादन गर्दै आएको बताए ।

 

‘माग त धेरै छ, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘कम्तीमा सिंहदरबारलाई पुग्ने गरी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।’ - नयाँ पत्रिका दैनिकबाट ।

खानेपानी सिंहदरबार नेपाल खानेपानी संस्थान

विशेष