भिडियो

‘असक्षमलाई हटाउछौं, साझा हामी बचाउछौं’(भिडियाेसहित)

‘असक्षमलाई हटाउछौं, साझा हामी बचाउछौं’(भिडियाेसहित)

काठमाडौं । साझा प्रकाशनका अवकाशप्राप्त १२८ कर्मचारीले सम्झौताबमोजिमको रकम नपाएपछि उनीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले पाउनु पर्ने उपदानको रकम दुई भाका नाघिसक्दा पनि नपाएपछि हरेक दिन साझा प्रकाशनमा कर्मचारीहरुको धर्ना, नारावाजी भइरहेको छ । उनीहरुले अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा असक्षम भएको दाबी गर्दै हटाउनु पर्ने धारणा राखेका छन् । नाराबाजीका क्रममा उनीहरुले ‘असक्षमलाई हटाउछौं, साझा हामी बचाउछौं’, ‘कर्मचारीले के भन्छन् ? राजीनामा ले भन्छन्’ जस्ता नारा लगाएका छन् । 

 

 

भ्रष्ट आचरणकी भनेर बद्नाम चित्रलेखा यादव शिक्षामन्त्री हुँदा डोलिन्द्र साझाको महाप्रबन्धक बनेका थिए । आफूलाई काम लाग्ने नेताहरुको चाकडी  र चाप्लुसीको बलमा डोलिन्द्रले सो पदमा अझै टासिरहेका छन् । अतिचार नै गर्न थालेपछि अघिल्लो सरकारले पदबाट बर्खास्त गरेको थियो । डोलिन्द्रकै अनसार  अदालतमा पाँच लाख रुपैयाँ बुझाएर पद थमौति पाएका उनको साझाले जस्तै काम गर्ने आफ्नै पब्लिकेशन हाउस पनि छ । 

 

कर्मचारी बढी भए भन्दै साझाका सबैजसो कर्मचारीलाई उनले गोल्डेन हेन्डसेक दिने भनेर हटाएका थिए । अर्कोतिर नेताका छोराछोरी, आफन्त, प्रेमिका आदिलाई भर्ति गरेर साझालाई राजनीतिक भर्ति केन्द्रको रुपमा परिवर्तन गरेको आरोप पनि उनैलाई लाग्दै आएको छ । हटाइएका कर्मचारीहरुले विगतमा भएको सम्झौताअनुरुपको रकम पाउनु पर्ने माग राख्दै आएका छन् । 

 

डोलिन्द्रले अवकाशप्राप्त कर्मचारीलाई दिन सरकारसँग लिएको पैसा पनि अन्यत्र खर्च गरेको कर्मचारीहरुको आरोप छ ।  
 

र यो पनि,

 डोलिन्द्रको पदावधि सकियो, लिसो झै टाँसिरहेका छन् साझामा (भिडियाेसहित)

 डोलिन्द्रले नेता र मन्त्रीका आफन्त पोस्न साझा दुरुपयोग गरे (भिडियाेसहित)

►  साझाको जवाफः ‘साझाको गाडीमा डोलिन्द्रकी प्रेमिका ओसारेको छैन’

 साझा प्रकाशनका गाडीः चित्रलेखाको घरमा पिज्जा पुर्‍याउनदेखि प्रेमिका ओसार्नसम्म

 साझाका अध्यक्ष शर्माकाे चमत्कारः पुर्ख्याैली पाखाे बारी, अहिले सम्पत्ति सहरभरी

 ‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’

 भगौडा असई रहेछन् साझाका अध्यक्ष डोलिन्द्र, सम्बन्ध नेतादेखि युवतीसम्म !

विशेष