राजनीति

'बालबालिका विद्यालय नपठाउने अभिभावकलाई कारबाही हुन्छ'

'बालबालिका विद्यालय नपठाउने अभिभावकलाई कारबाही हुन्छ'

काठमाडौँ –शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई  विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताएका छन् । 

महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अहिले जारी भएको  नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कारबाही हुने व्यवस्था रहेको बताए । साथै मन्त्री पोखरेलले सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गरे ।

 

 २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुबिधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक रहेको मन्त्री पोखरेलले उल्लेख गरे ।

 

स्थानीय सरकार शक्तिशाली भए मात्र भर्ना अभियान सफल हुने भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले भर्ना अभियानलाई विशेष रुपमा लिनु पर्ने बताए । कार्यक्रममा मन्त्री पोखरेलले अझैं पनि मुसहर, डोम र दलित बालबालिकाहरुलाइ  विद्यालयसम्म ल्याउन नसकेको बताए । 

 

मन्त्री पोखरेलले आफू निजी विद्यालयको पक्षमा नरहेको भन्दै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने चेतावनी दिए । यसका लागि विशेष अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ । 

गिरिराजमणि पोखरेल

विशेष