अभिलेख

विवादास्पद हेमानन्द गिरीलाई डोलेश्वरमा पनि स्थान नदिइने 

विवादास्पद हेमानन्द गिरीलाई डोलेश्वरमा पनि स्थान नदिइने 


काठमाडौं । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले विवादास्पद हेमानन्द गिरीलाई शंकराचार्य घोषणा गर्ने कार्यक्रममा आफ्नो संलग्नता नहुने जनाएको छ । 

 

समितिका अध्यक्ष विदुरमान सिंह बस्नेतले भक्तपुरमा एक विज्ञप्ति जारी गरी विवादित कार्यक्रममा समितिको कुनै संलग्नता नरहेको तथा औपचारिक कार्यक्रम गर्न समितिको अनुमति नरहेको स्पष्ट पारेको हो ।

 

यसअघि गिरीलाई पाशुपातिक क्षेत्रमा शंकराचार्य घोषणा गर्ने कार्यक्रम थियो । सो कार्यक्रम पाशुपातिक क्षेत्रमा आयोजना नगर्न विभिन्न हिन्दुधर्म आबद्ध संघसंस्थाले तीव्र विरोध गरेपछि डोलेश्वरमा आयोजना गर्न लागिएको हो ।

यसको अतिरिक्त हिन्दू जागरण नेपाल, विश्व हिन्दु युवा संघ, नेपाल सन्त समाजलगायत धार्मिक संघसंस्था र हिन्दु धर्मका विद्वानवर्गबाट घोर विरोध भएको हुँदा डोलेश्वर विकास समितिले मन्दिर परिसरमा कार्यक्रमका लागि सुरक्षाका दिन नसक्ने समेत जनाएको छ ।

 

सो कार्यक्रम आयोजना गर्न मन्दिर परिसर उपलब्ध गराउन नसक्ने जानकारीसहितको पत्र कार्यक्रम संयोजक एवं नेपाली कांग्रेसका स्थानीय नेता अष्टकुमार कवेलाई बुधबार दिन खोज्दा नलिइएका कारण समितिले अप्रिय स्थिति नहोस भन्नका लागि जिल्ला प्रशासन कार्यलय भक्तपुरलाई पत्राचार गरेको बस्नेतको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेमानन्द गिरी

विशेष