राजनीति

चन्दा उठाउन विप्लवको पार्टीले बनाएको रहेछ आफ्नै सिस्टम 

चन्दा उठाउन विप्लवको पार्टीले बनाएको रहेछ आफ्नै सिस्टम 

काठमाडौं । जनताबाट निर्वाचित सरकार छ । उसले आवश्यकताअनुसार क्षेत्र निर्धारण गरेर कर संकलन र सेवाप्रवाहको कार्यक्रम ल्याउँछ । ल्याइरहेकोछ । तर, त्यही स्थितिमा समानान्तर सत्ताको शैलीबाट कर संकलन गर्ने अवस्थालाई यो सरकारले कसरी संबोधन गर्ला ? अनि राज्यलाई कर नतिर्ने वा कर छल्ने तर सशस्त्र समूहलाई भने खत्खत् पैशा दिने व्यवसायीमाथि कस्तो दृष्टिकोण राख्ला ? जनयुद्धताका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा त्यस्ता चन्दादातालाई आतंककारीका मतियार हुन् भन्थे । 

 

अहिले नेकपा विप्लव समूहले त्यस्तै चन्दाको धन्दालाई तीव्रता दिएको छ । उसले चलाएको चन्दा असुलीको फेहरिस्त लामो छ । सो पार्टीका प्रवक्ता तथा आर्थिक विभाग प्रमुख प्रकाण्ड पक्राउ परेपछि प्रहरीद्वारा बरामद डायरीमा देखियो, चन्दा संकलनका लागि कसेको जिम्मा कहाँ कहाँ रहेछ ? 

 

उनीहरुले ८१ थरि चन्दादाताको नाम सूचीकृत गरेको फेला परेको छ । यो–यो तहसम्म केन्द्र, ब्युरो,  र जिल्लाको नेतृत्वले हात हाल्ने भनी व्यवस्थित रुपमै सूची तयार पारिएको छ । त्यसमध्ये ए क्लासको केन्द्रले, बि क्लासको ब्युरोले र सी क्लासको जिल्लाले चन्दा उठाउने डायरीमा उल्लेख छ । 
जनआस्था साप्ताहिकबाट 
 

विशेष