मुख्य समाचार राजनीति

प्रकाण्ड फेरि पक्राउ

प्रकाण्ड फेरि पक्राउ

काठमाडौं । नेकपा विप्लवका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई फेरि प्रहरीले पक्राउ गरेको छ । 


सर्वोच्च अदालतले उनलाई थुनामा राख्नुपर्ने पर्याप्त कारण र आधार नरहेको भनी बिहीबार मात्र रिहा गर्ने आदेश दिएको थियो । 


विश्वकर्मा रिहा भएलगत्तै सर्वोच्च अदालत परिसरबाट बाहिरिने क्रममा बिहीबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । 


काठमाडौं महानगरीय प्रहरी प्रमुख वसन्त लामाले विश्वकर्मालाई नुवाकोट लगेर मुद्दा चलाइने बताए । 


विश्वकर्मालाई नुवाकोटको एनसेल टावरमा आक्रमण गरेको अभियोग लगाइएको छ । यसअघि पनि उनलाई एनसेल काभ्रेको टावरमा आगजनी गरेको अभियोग लगाइएको थियो । 
 

नेकपा विप्लव प्रकाण्ड’

विशेष