व्यापार मुख्य समाचार

व्यापारको नाममा अपराध गर्ने छुट छैन : मन्त्री यादव

व्यापारको नाममा अपराध गर्ने छुट छैन : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गैरकानुनी र अनियमितता गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले भने, ‘व्यापारको नाममा अपराध’ गर्ने छुट कसैलाई नभएको बताउनुभयो । गुणस्तरीय वस्तु वा सेवा सुपथ मूल्यमा प्राप्त गर्ने अधिकारको रक्षा गर्न सरकार सधैँ क्रियाशील रहने उनको भनाइ छ । 

 

चाडवाड नजिकिएसँगै उपभोक्ता ठगिने शृंखला बढ्न सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘बजार शुद्धीकरण अहिलेको प्रमुख आवश्यकता हो, जुनसुकै बहानामा उपभोक्ता ठगिनु हुँदैन, गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउनु जनताको अधिकार हो ।’ 

मन्त्री यादवले सरकारले बजार अनुगमन गरेको बहानामा कसैलाई पनि हडताल गर्ने छुट नभएको उल्लेख गरे । उनले भने, ‘दैनिक उपभोग्य वस्तु तथा सेवालाई प्रभावित पार्ने गरी हडताल गरे सरकार चुप लागेर बस्दैन, बजारलाई अव्यवस्थित बनाउन खोज्ने तत्वलाई सरकारले नियन्त्रण गर्छ ।’ 

 

उनले कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बिचौलियाको अन्त्य गर्न मन्त्रालयले कृषि मन्त्रालयको समन्वयमा छानबिन सुरु गरेको बताउँदै भने, ‘कृषकको खेतबारीदेखि थोक तथा खुद्रा बिक्रेतासम्म तरकारी संकलन, ढुवानी र बिक्री वितरणको प्रक्रिया नियमसंगत भए÷नभएको, कालिमाटी तथा फलफूल स्थलका स्टलको अवैध बेचबिखन, किसानले पाउने र उपभोक्ताले तिर्ने तरकारीको मूल्य निर्धारणबारे समितिले अध्ययन गर्नेछ, कानुनसम्मत नभए सरकारले कडा कारबाही गर्नेछ ।’ 

आपूर्तिमन्त्री मातृका यादव

विशेष