मुख्य समाचार समाज फोटो

‘बलात्कारी जाेगाउन, गोलीतन्त्र सुरु भो !! गोलीतन्त्र जोगाउन, ओलीतन्त्र सुरु भो !!’ (फोटोफिचर)

‘निर्मलालाई न्याय देऊ’ भन्दै काठमाडौंका सडकमा युवा निस्किए

‘बलात्कारी जाेगाउन, गोलीतन्त्र सुरु भो !! गोलीतन्त्र जोगाउन, ओलीतन्त्र सुरु भो !!’ (फोटोफिचर)

काठमाडौं । काठमाडौंको माइतीघर मंडलामा शनिबार ‘निर्मलालाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ भन्ने नारा लगाएर युवाहरुले प्रदर्शन गरेका छन् । 

 

प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएर नयाँबानेश्वर चोकमा आएर कोणसभामा परिणत भएको थियो । ‘निर्मलाको निम्ती न्याय, जनताको भेला’ भन्ने शीर्षकमा शिल्पी थिएटरले बलात्कारविरुद्धको नाट्यांशसमेत प्रस्तुत गरेको थियो । प्रदर्शनमा प्रहरी प्रशासन ‘सुतेको’ भन्दै त्यसको व्यंग्यात्मक रुपमा शिल्पी थिएटरका कलाकर्मीले नाटक प्रस्तुत गरेका थिए । 

 

भीमदत्त नगरपालिका– २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो । बलात्कारीलाई कारबाहीको माग गरिएका विभिन्न पर्चा लिएका युवायुवती, बालक–बृद्ध, महिला–पुरुष सबैको सहभागिता रहेको थियो ।

 

‘निर्मलाको निम्ति न्याय, जनताको भेला’ को प्रदर्शनमा युवाहरु प्रदर्शनमा विभिन्न नाराका साथ उत्रेका थिए । ‘बलात्कारीको संरक्षण, सर्वसाधारणको हत्या किन ?, ‘बलात्कारी जगाउन, गोलीतन्त्र सुरु भो !! गोलीतन्त्र जोगाउन ओलीतन्त्र सुरु भो !!, ओली सरकार कि गोली सरकार !, अपराधीको संरक्षणमा हामी चुप बस्दैनौं जस्ता नारा लगाइएको थियो । 

 

विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य अब्दुस मियाँले भने, ‘म फाँसीको पक्षमा छैन तर बलात्कारीलाई हदैसम्मको कारबाहि हुनुपर्ने हो ।  बलात्कारीलाई फाँसी दिने कानुन बन्यो भने झन त्यहाँ प्रमाण मेटाउने कार्य हुन्छ । अनि प्रमाण मेटाउनको लागि झन धेरै हिंसा र हत्या गरिन्छ । यसले हत्याको अपराध झनै बढाउँछ र झन बढी मात्रामा अपराधीहरू जन्मिन्छन्।’

 

सो प्रदर्शनमा विवेकशील साझा पार्टीकी रञ्जु दर्शना, सिधा कुरा जनतासँग कार्यक्रम संचालक रवि लामिछाने, सामाजिक अभियन्ता सन्ध्या बिडारी तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।  

‘निमर्लालाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ प्रदर्शन माइतीघर मण्डला शिल्पी थिएटर

विशेष