नक्कली शंकराचार्यलाई बहिष्कार गरौं– विश्व हिन्दु महासंघ
काठमाठौं । विधि, योग्यता र परम्परालाई बेवास्ता गर्दै हेमानन्द गिरीलाई शंकराचार्य घाेषणाा गरेकाे भन्दै विश्व हिन्दू महासंघ अन्तर्रा्ष्ट्रियले गम्भीय ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार महासचिव अस्मिता भण्डारीद्वारा हस्ताक्षेरित प्रेस विज्ञप्ति जारी गर्दै महासंघले अखिल भारत विद्वत परिषद्ले आफ्नो क्षेत्राधिकारविपरीत नेपाल सरकार, काशी विद्वत परिषद् र चारै शंकाराचार्य मठको परम्पराविपरीत र अनुमतिबिना हेमानन्दलाई शंकराचार्य घोषित गरिएको भन्दै आपत्ति जनाएको हो।
आफूखुसी शंकराचार्य घोषित गर्दा सरकारले त्यसप्रति देखाएको द्वैध चरित्र प्रति खेद प्रकट गर्दै महासंघले धर्मको नाममा रचिएको घीनलाग्दो राजनीतिले सदियौँदेखि कायम रहेको धार्मिक सहिष्णता र राष्ट्रिय अखण्डतामा खलल पुर्याउने ठहर गरेको छ। महासंघले यसप्रति सरकारको समेत ध्यानाकर्षण गराउँदै स्वघोषित शंकराचार्य र उक्त पदवी दिने नक्कली संस्थालाई समेत हिन्दू समाजबाट बहिष्कार गर्नका लागि महासंघले सम्पूर्ण धार्मिक संघसंस्थाहरूलाई आग्रह गरेको छ।